तुलसीपुर, २ भदौ । पश्चिम दाङका विभिन्न स्थानमा भएको मोटरसाईकल दुर्घटनामा ३ जना घाईते भएका छन् । दंगीशरण गाउँपालिका–६ बाँकामा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्कीदा शान्तिनगर गाउँपालिका–४ हिरापुर निबासी ३८ बर्षका अंकीत बस्नेत र अर्का एक जना नाम नखुलेका रा३प २८५२ नम्बरका मोटरसाईकल चालक घाईते भएका छन् ।
घाईते मध्य रा२प ६०३८ नम्बरको मोटरसाईकल चालक अंकितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने अर्का मोटरसाईकल चालकको बागरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी शान्तिनगरको रानी वनमा मोटरसाईकल अनियन्त्रीत भएर पल्टिदा एक जना घाईतेका भएका छन् ।
चिराघाटबाट जुम्लेकुला जाँदै गरेको रा३प १४३१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा जुम्लेकुला निबासी २३ बर्षका खड्क बहादुर डाँगी घाईते भएको राप्ती प्रादेशिक अस्पतालका अहेव दिपक केसीले जानकारी दिए । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।





