२०८३ कार्तिक ७ गते शुक्रवार

बिषालु च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु , ३ को अवस्था गम्भिर

प्युठान, २ भदौ । बिषालु च्याउ खाँदा प्युठानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर बिरामी परेका छन् । मृत्यु हनेमा नौबहिनी गाउँपालिका–६ ढाखोला निबासी १३ बर्षका सुगम घर्ती र १५ बर्षका सुरेश घर्ती रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए ।

गएराति जंगलबाट ल्याएको च्याउ पखाएर खाँदा ३३ बर्षका बिष्णु घर्ती, श्रीमत ३० बर्षका लिला घर्ती र सशी घर्ती गम्भिर बिरामी परेका छन् ।

च्याउ खाए लगत्तै अचेत भएका उनिहरुलाई उपचारका लागि बिजुवार ल्याउँदै गर्दा दुई जनाको बाटो मै मृत्यु भएको र अन्य तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक दुबैजना बिष्णुका छोरा हुन् ।

प्रकाशित मिति : २०७७ भाद्र २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।