२०८३ भाद्र १० गते बुधवार

बँदेललाई थापिएको धरापमा परेर महिलाको मृत्यु

तुलसीपु, १ भदौ । बँदेल मार्न थापिएको विद्युतीय धरापमा परेर प्युठानमा एक महिलाको ज्यान गएको छ ।

आफ्नै बारीमा बँदेल मार्न थापिएको करेन्ट लागेर ऐरावती गाउँपालिका वडा नं २ उखारी निवासी ६० वर्षीया पिमा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १ गते सोमवार
प्रतिक्रिया