२०८३ कार्तिक ७ गते शुक्रवार

खोलाले बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु

कालीकोट । कालिकोटमा खोलाले बगाउँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । ज्यानजानेमा अछाम पन्चदेवल विनायक नगरपालिका वडा नम्वर ९ निबासी ३३ वर्षीया महिला देवा बोहरा, उनकी १४ वर्षीया छोरी विपना, एक वर्षीया छोरी आकृति र ७ वर्षीय छोरा हेमन्त रहेको प्रहरीले जनाएको छ ।

कालिकोटका प्रहरी नायव उपरीक्षक श्याम ओलीयाका अनुसार शनिबार साँझ नरहरीनाथ गाउँपालिका ७ स्थित उत्सव खोला तर्ने क्रममा उनीहरु बगेका थिए ।

इलाका प्रहरी कार्यालय कुमालगाउँबाट गएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरुको शव फेला पारेको थियो । उनिहरु आफन्तकोमा जाँदै थिए ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।