२०८३ कार्तिक ७ गते शुक्रवार

पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ८ जना घाईते

तुलसीपुर, ३२ साउन / पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ८ जना घाईते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आइरहेको लु५९प४३५२ नम्बरको मोटरसाईकल तुलसीपुर–८ को चमीखोलामा अनियन्त्रीत भएर पल्टिदा तुलसीपुर –९ दोघरे निबसी ४५ बर्षका गुरुप्रसाद गौतम, पछाडी सवार २५ बर्षकी साधना गौतम घाइते भएका छन् ।

त्यसैगरी तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको लु१स ८१५२ नम्बरको अटो दंगीशरण गाउँपालिका–५ कुमालगडीमा पल्टिदा तुलसीपुर –६ बरुवागाउँ निबासी ३१ बर्षकी सविता गिरी, बेलुवा निबासी ५० बर्षका चन्द्र बहादुर विक र ३६ बर्षकी पार्वती विक घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । त्यस्तै बबई गाउँपालिका ६ ज्यामिरे खोलामा रा१ह ४०५२ नम्बरको अटो पल्टिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–६ खिलतपुर निबासी ४० बर्षका भोज बहादुर डाँगी, शान्तिनगर गाउँपालिका–२ अमुवा निबासी ३६ बर्षकी सुनिता चुनारा र ११ बर्षका प्रकाश चुनारा घाईते भएका हुन् । घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका अहेव दिपक केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।