तुलसीपुर। सिन्धुपाल्चोकको जुगलमा शुक्रबार गएको पहिरोमा पुरिएका ३९ मध्य १९ जनाको शव फेला परेको नेपाली सेनाले जानकारी दिएको छ । जसमध्य ४ महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक रहेको सेनाको खोज तथा उद्धार टोलीले जानकारी दिएको छ ।
पहिरोमा परि हराईरहेका २० जनाको सशसत्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य जारी रहेको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले तुलसीपुर खबरलाई जानकारी दिए ।
उद्धार तथा खोजतलास कार्यमा ४७ जनाको सहभभागिता रहेको छ । यसैविच पहिरो पिडितहरुलाई नेपाली सेनाको MI-17 हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामग्री ढुवानी गरी उक्त स्थानमा पुर्याएको छ ।

पहिरो पिडितलाई राहत लगेर गएको सेनाको हेलिकप्टर
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार





