२०८३ भाद्र १० गते बुधवार

राप्ती नदीमा मोटरसाइकल खस्दा एकको मृत्यु, एक बेपत्ता

गढवा । गएराति राप्ती नदीमा मोटरसाइकल खस्दा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
लमहीबाट–गढवा जाँदै गरेको लु५७प ११०० नंको मोटरसाइकल गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकल सहित दुवै जना नदीमा खसेका थिए ।

दुर्घटनामा गढवा गाउँपालिका–७ चन्दनपुर निवासी २६ वर्षीय सुरजनारायण चौधरी मृतावस्थामा फेला परेका छन् भने मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २७ वर्षीय मनोज चौधरी बेपत्ता भएको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए ।

बेपत्ता युवको खोजीकार्य जारी रहेको प्रहरीले जनाएकोे छ ।

प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतवार
प्रतिक्रिया