२०८३ बैशाख १२ गते शनिवार

ओलीले मोदीलाई भने : अर्थपूर्ण दुईपक्षीय सहकार्यको अपेक्षा गरेका छौं

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई दिएका छन् । सो शुभकामनाप्रति भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीलाई धन्यावाद दिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका भन्दै धन्यवाद ज्ञापन गरेको हो ।भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि प्रधानमन्त्री ओलीले बधाई दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

दुई प्रधानमन्त्रीले नेपाल(भारतको साझा सँस्कृतिको सम्झना गरेको उल्लेख गर्दै मन्त्रालयले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सन्दर्भमा एकजुट भएर लड्ने प्रतिवद्धता व्यक्त गरेको बताएको छ । कोरोना महामारीविरुद्ध एक भएर लड्नका लागि मोदीले गरेको प्रस्तावमा ओलीले समर्थन जनाएका थिए ।

प्रधानमन्त्री मोदीले कोरोना प्रभाव कम गर्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार
प्रतिक्रिया