विप्लव समूहका सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश कारागार चलान

कैलाली
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन कारागार चलान भएका छन् ।

जिल्ला अदालत कैलालीले सोमबार उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधीश जयानन्द पनेरुको एकल इजलासको उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिए पनि उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको जिल्ला अदालत कैलालीका श्रेस्तेदार राइभान कुन्जेडाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडानम्बर ७ बेलीबाट उनलाई प्रहरीले कटुवा पेस्तोल र गोलीसहित असार ३१ गते पक्राउ गरेको थियो । प्रहरीले पुनमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया