छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक बालिका सहति ९ जना घाईते

फाईल – फोटो

तुलसीपुर, २८ साउन

पश्चिम दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर एक जना बालिका सहति ९ जना घाईते भएका छन् । घाइते मध्य ३ को अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बुधबार बिहान रौनियार चोकमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ४ जना घाईते भएका छन् ।

घाईते हुनेमा रा३प७४०३ नम्बरको मोटरसाईक चालक तुलसीपुर ६ निबासी १८ बर्षका चालक अनुवाड ढुनिया, पछाडी सवार १६ बर्षका श्यामे गुप्ता, त्यसैगरी रा३प७७६९ नम्बरका चालक सोही ठाउँ निबासी २४ बर्षका पंकज चौधरी र पछाडी सवार २६ बर्षकी सुजाता चौधरी घाईते भएका छन् । गम्भिर घाईते सुजाता र ढुनियालाई सिटी हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
बाहिनी चोकबाट पूर्व तर्फ गइरहेको रा३प७७६९ र राप्ती बबई क्याम्पसबाट तुलसीपुर नगरपालिका तर्फ गइरहेको रा३प७४०३ नम्बरको मोटरसाईक एकआपसमा ठोक्कीदा दुर्घटना भएको हो ।

त्यसैगरी पश्चिम दाङको बैशामा मोटरसाईकल ठोक्कीदा ४ जना घाइते भएका छन् । हापुरेबाट भमके तर्फ जाँदै गरेको रा३प ३८८३ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आइरहेको रा२प १४७७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा तुलसीपुर उपमहागनरपालिका–१ भमके निबास ि३८ बर्षका सरोज खनाल र कुमालगाउँ निबासी गिरीधर बस्याल, दंगीशरण गाउँपालिका– ६ निबासी डिल्लीबहादुर वली र सोही ठाउँका देवबहादुर वली घाईते भएका छन् ।

त्यसैगरी मोटरसाइकले ठक्कर दिदा पश्चिम दाङमा ३ बर्षकी बालिका गम्भिर घाईते भएकी छन् । हापुरेबाट रामपुर जाँदै गरेको बा८१प ५९६६ नम्बरको मोटरसाईकलले बबई गाउँपालिका–३ पतेरी निबासी देवराज वलीकी ३ बर्षकी छोरी भिक्टोरीया वलीलाई ठक्कर दिदा घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि भैरवा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार
प्रतिक्रिया