नेकपाका अध्यक्षद्वय बीचको छलफल निस्कर्ष बिहीन

काठमाडौ, १९ साउन ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सोमवार पनि निष्कर्ष बिहीन भएको छ । सोमवार बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।

प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार भएनन् भने सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ । तर, अर्का अध्यक्ष प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताए । जसले गर्दा बैठक फेरी मंगलवार साँझ पाँच बजे बस्ने सहमतिमा छलफल सकिएको पाटी स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७७ साउन १९ गते सोमवार
प्रतिक्रिया