पद प्राप्तिका लागि पाटीमा बहस चलेको होईन : प्रचण्ड

काठमाडौ, १७ साउन ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताएका छन् । नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको गुनासो गर्दै यस्तो बताए । कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा शनिवार ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीभित्रको बहसलाई अस्वस्थ बनाइएकाले बाहिर नकारात्मक प्रभाव परेको बताए ।

Advertisement

आफूले पार्टी एकता गर्नुपूर्व नै राष्ट्रका लागि भनेर पद त्याग गरेर अगाडि बढेको बताउँदै उनले अहिले नेकपाले स्थायित्व दिनुपर्ने बेला आएको बताए । पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ थियो । उनले पार्टी एकताको रक्षा गर्नका लागि नेता बहसमा रहेको पनि बताए । पार्टी एकताका नाममा मुलुकका विभिन्न मुद्दा र पार्टीको विचारबारे बहस गर्नै हुन्न भन्ने मान्यता राख्न नहुने उनको भनाइ थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *