प्रति विद्यालय डेढ करोड अनुदान

ओपेन्द्र बस्नेत
तुलसीपुर, १६ साउन / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी बर्षका लागि साविक राप्तीबाट ८ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनौट गरेको छ । सबै स्थानीय तहमा नमुना विद्यालय विकास गर्ने उद्देश्य अनुरुप शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरबाट छनौट गरेका एकसय मध्य दाङ सहित रोल्पा, रुकुम, प्युठान र सल्यानका ८ वटा विद्यालय नमुना विकास विद्यालयको सूचिमा परेका हुन् ।

Advertisement

जसमध्य दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको वीरेन्द्र माध्यामिक विद्यालय, सल्यानको कपुरकोट गाउँपालिका–५ मा रहेको जीवन ज्योति माध्यामिक विद्यालय रिम, रुकुम पूर्वको भूमे गाउँपालिका–९ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, रुकुम पश्चिमको छिबाङ नगरपालिकामा रहेको महेन्द्र माध्यामिक विद्यालय रहेको छ ।

Advertisement

त्यसैगरी रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ स्थित त्रिपुरेश्वरी माध्यामिक विद्यालय , त्रिवेणी गाउँपालिका–५ मा रहेको जनजागृति माध्यामिक विद्याल, प्युठानको माण्डवी नगरपालिका–३ स्थित माण्डवी माध्यामिक विद्यालय र स्वर्गद्धारी नगरपालिकामा रहेको अमर माध्यामिक विद्यालय रहेका छन् । नमुना विकासका लागि छनौटमा परेका विद्यालयले प्रति विद्यालयको भौतिक र शैक्षिक सुधारका लागी एक करोड ५० लाख रुपैयाँ पाउने छन् ।

Advertisement

देशभरबाट आवेदन माग गरेर मुल्याङ्कनका आधारमा मन्त्री स्तरको निर्णयबाट छनोट गर्ने प्राव्धान रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए । यस बर्ष रोल्पा र प्युठानमा दुई/दुई वटा विद्यालय नमुना विकासका लागि छनौटमा पर्न सफल भएका छन् । शिक्षामन्त्रालयले प्रत्यक बर्ष देशभरबाट एक विद्यालय नमुना विकासका लागि छनौट गर्न सुरु गरेको छ । मन्त्री स्तरको निार्णय अनुसार गएको असार ३१ गते देशभरबाट एकसय विद्यालयलाई नमुना विकास विद्यालय छनौट गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *