पौडेल पक्षद्वारा देउवालाई लिखित असहमति

काठमाडौ, १५ साउन ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी विभागमा भइरहेका मनोनयन लगायतका असहमतिका पाँच वटा विषयमा सभापति शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको छ । देउवाबाट सकारात्मक जवाफ नपाएपछि पौडेल पक्षले पत्रकार सम्मेलन मार्फत विहिवार आफ्नो धारणा सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल पक्षले सभापति देउवालाई आज बुझाएको लिखित पत्रमा पार्टी विभागमा गठन र मनोनयन रोक्न, क्रियाशील सदस्यता वितरणमा पारदर्शी बनाउन, अर्को पार्टीबाट कांग्रेस प्रवेश गर्नेलाई पद विभाजन गर्दा केन्द्रीय कार्यसमितिबाट मात्रै निर्णय लिन, विदेशस्थित जनसम्पर्क समितिका विवादलाई निष्पक्ष रुपमा हल गनुपर्ने लगायतका विषय छन् ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया