विद्यालयको शैक्षिक सत्र भदौ १ गतेदेखी सन्चालन हुने

काठमाडौ, १५ साउन ।
यो वर्षको विद्यालयको शैक्षिक सत्र आगामी भदौ एक गतेबाट सुरु हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयले नयाँ विद्यार्थी भर्ना र कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या एकिन गरेर विद्यालय सञ्चालन गर्ने मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो । सरकारले विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा चाँडै जारी गर्ने जानकारी पनि गराएको छ ।

२०७७ साल साउन १२ गते मन्त्रीपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विद्यालय सञ्चालनको लागि सरकारले गरेको निर्णय सार्वजनिक गरेको हो ।निर्णयमा शैक्षिक सत्र २०७६÷७७ को नतिजा प्रकाशन गर्न बाँकी भएको भएमा नतिजा प्रकाशन गर्ने, भदौ एक गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकिन गर्ने निर्णय भएको जानकारी दिए ।

साथै भर्ना भएका विद्यार्थीको शैक्षिक विवरण उल्लेख गराउने र नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई पाठ्यक्रम वितरण गर्न बाँकी भए उपलब्य गराउने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति : २०७७ साउन १५ गते बिहिवार
प्रतिक्रिया