कर उठाउनलाई लकडाउन हटाईएको हो : पुर्वमन्त्री गिरी

तुलसीपुर, १४ साउन ।

Advertisement

नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले कर अशुल गर्नलाई लकडाउन हटाईएकोे आरोप लगाएका छन् ।मुलुक कोरोना भाईरसको माहामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लकडाउनलाई खु्ल्ला गरेको उनको भनाई छ । रिपोट्स क्लव दाङ शाखाले बुधवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
पुर्वमन्त्री समेत रहेका गिरीले मुलुकमा अहिले कोरोना माहामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताएका छन् । उनले कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारी देखी उद्योगपतिबाट कर अशुल्नका लागी सरकारले लकडाउन खुलाएको बताएका छन् ।
कुनै बैज्ञानिक व्यवस्थापन नगरी लकडाउन खुल्ला गरिएको हुदा कोरोनाको भयावह अझै आउन सक्ने उनले बताएका छन् । यस्तो अवस्थामा सवै एकजुट भएर लाग्नुपर्ने समयमा सत्तारुढ दल भित्रै आन्तरिक विवाद हुदा छताछुल्ल भएको  बताएका छन् । जसले गर्दा अहिलेको सरकार कोरोना माहामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको उनको दावी छ । क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पुर्वमन्त्री गिरीले पाटीको १४ औँ महाधिबेशन तोकिएकै मितिमा हुने दावी गरेका छन् ।
साथै पाटीको कार्यतालिका अनुसार अहिले सक्रिय सदस्या वितरण प्रणालीमा आफनो बिमती भएको उनले बताएका छन् । केन्द्रिय कार्यसमितिको संख्याको आधारमा बनाईएको पचास प्रतिशतको मापदण्द गलत भएको उनको दावी छ । उनले कामको आधारमा सदस्यता पाउनु पर्छ भन्ने मान्यता राखेपनि पचास प्रतिशतको अवधारण ल्याउनु अनुउचित भएको बताएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *