बामदेवले राखे दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।

उपाध्यक्ष गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने प्रस्ताव गरेका छन् ।

यसैगरी अध्यक्ष दाहाल एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्नेलगायत गौतमले प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन १३ गते मङ्गलवार
प्रतिक्रिया