गाउँपालिका र विद्यालयको लडाईले डेढ करोड बजेट फ्रिज

तुलसीपुर, १३ साउन

Advertisement

शान्तिनगर गाउँपालिका–३ मा रहेको वीपी माध्यामिक विद्यालय बयाले सिमतराका लागि आएको डेढ करोड बजेट फ्रिज भएको छ । गाउँपालिका र विद्यालयको आ–आफनो अडानका कारण आएको बजेटबाट समयमै काम नहुँदा फ्रिज भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले १ करोड ५० लाख बजेट विद्यालयको नमुना विकासका लागि बजेट विनियोजन गरेको थियो ।

Advertisement

आर्थिक बर्ष २०७५/७६ मा डेढ करोड बजेट विनियोजन गरेको केन्द्रले भर्खरै सम्पन्न आर्थिक बर्ष २०७६/७७ लागि पनि डेढ करोड बजेट बिनियोजन गरेको थियो ।गाउँपालिकाले टेण्डर मार्फत काम गर्ने भनेपनि विद्यालयले उपभोक्ता समिति मार्फत काम गर्ने बताएपछि विवाद चुलिएको थियो । यता विद्यालयले गाउँपालिकाले ढिलासुस्ती गरेका कारण बजेट फ्रिज भएको बताएको छ ।

Advertisement

‘गाउँपालिकाले टेण्डर आव्हान गर्न पनि ढिलाई ग¥यो । हामीले टेण्डर भन्दा पनि उपभोक्ता मार्फत नै काम गर्दा राम्रो हुन्छ भन्यौ,’ विद्यालयका प्रधानाध्यापक भागवत न्यौपानेले भने–‘गाउँपालिकाले आनेकाने ग¥यो । त्यसपछि लकडाउन सुरु भयो अनि काम हुन पाएन् ।’

उपभोक्ता मार्फत काम गर्न सकिने भएपनि गाउँपालिकाले नचाहेकाले समस्या सृजना भएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो ।

शान्तिनगर गाउँपालिकाले विद्यालयले समयमै चासो नदिएका कारण काम नभएको बताएको छ । ‘काम गर्न तिर भन्दा पनि विद्यालय अघिल्लो समितिले आफै काम गर्न पाउने हामीले नपाउने भन्दै गुनासो गर्न तर्फ लाग्यो,’ शिक्षा शाखा प्रमुख घनश्याम वलीले भन्नुभयो– ‘समय हुँदासम्म यो गर्ने कि त्यो गर्ने भन्ने भयो । समय घरकिएपछि पछुताएर के काम छ र ?’

अघिल्लो बर्ष आएको बजेटले पनि पुरै काम नभएकाले जोखिम लिन नसकेको शान्तिनगर गउँपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्माले बताए । ‘धेरै प्रयास गरियो भएन । बजेट फ्रिज भयो,’ विश्वकर्माले भने–‘मैले मात्रै जोखिम लिन सकेन् । पहिलाको पनि काम पुरा भएको रहेनछ । मन त पोलेको छ के गर्ने हो र ।’

सिलन्यासमै सिमित भयो

आर्थिक बर्ष २०७६/७७ को १ करोड ५० लाख बजेटबाट आठ कोठे पक्की भवन, विज्ञान र ल्यावका लागि भवन र छात्र–छात्रा सौचालय बनाउने गरि बजेट आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशिधर केसीले बताए ।

आठ कोठे भवनको शिलन्यास गाउँपालिका अध्यक्ष कमान सिङ डाँगी र प्रमुख प्रशासकिय अधिकृत विश्वकर्माले गरेका थिए । निर्माण कार्यका लागि शिलन्यास भएपनि प्रमुख प्रशासकीय अधिकृत विश्वकर्मा र लेखा अधिकृत लेखा भण्डारीको लापरबाहीका कारण काम हुन नपाएको अध्यक्ष केसीले गुनासो गरे ।

के भन्छ शिक्षा विभाग ?

नमुना विद्यालयका लागि गएको यति ठूलो रकम काम नभएर फ्रिज हुनु दुभाग्र्य पुर्ण काम भएको मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले बताए । गाउँपालिका र विद्यालयको असमझदारीका कारण काम नभएको भन्दै एकले अर्कोलाई सहयोग गरेर काम गर्ने वातावरण सृजना गर्नुपर्ने निर्देशक गौतमले बताए ।

‘काम नभएको भए बजेट फ्रिज हुन्छ ,’ निर्देशक गौतमले भने – ‘विद्यालयको खातामा गएको भए विद्यालयकै नाममा बेरुजु देखिन्छ ।’

काम नभएको विषयमा अध्यन गरेर लापरवाही भएको देखिएमा नमुना विद्यालयको विकासका लागि दिदै आएको कर्मागत बजेट आगामी बर्षदेखि कटौती गरिने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *