वीपीको प्रजातान्त्रिक समाजवादको विचार झनै सान्दर्भिक : देउवा

काठमाडौ, ६ साउन ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताए । वीपीको पुण्य तिथिका अवसरमा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले गरेको कार्यक्रममा सभापति देउवाले नेपालले आज हिंड्ने मूल बाटो वीपीकै विचार र विश्वासको बाटो भएको धारणा राखे ।

विपिको बिचार अनुसारको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै सबैले सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने देउवाको भनाइ थियो । राष्ट्रमाथि सङ्कट आउँदा वीपी आफ्नो जीवन जोखिममा राखेर ०३३ सालमा स्वदेश फर्किएको भन्दै देउवाले अहिले राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला वीपीको विचार र विश्लेषणकै माध्यमबाट राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया