तुलसीपुर, ६ साउन
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ३८ औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले वुक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।
घोराहीको चौघेरा स्थित रतननाथ मन्दिरको परिसरमा वृक्षारोपन गरेर कांग्रेस दाङले बीपीलाई सम्झिएको हो । । बिहान ८ बजे विभिन्न प्रजातिका एक सय बढी बिरुवा रोपेको नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले जानकारी दिए ।
विषम परिस्थीका कारण ठूला औपचारिक कार्यक्रम नगरे पनि वुक्षारोपन गरेर बीपीलाई सम्झिएको सभापति खड्काले बताए । ‘ हामीले बिहान ८ बजे चन्दन, बेलपत्र, टिमुर, औंला प्रजातिका एक सय बढी बिरुवा रोपेर बीपीलाई सझियौं ।’ सभापति खड्काले भने ।
कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो ।
नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादन गर्नुभएको थियो ।


















