नेकपाको स्थायी कमिटी बैठक फेरि पनि स्थगित

काठमाडौ, ४ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आईतवार दिउँसो ३ बजेका लागि तय भएको बैठक यहि साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिनुभएको छ ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ ।पाटीका दुई अध्यक्ष बीचमा शनिवार भएको छलफलमा आईतवारको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको थियो । तर पनि आईतवारको स्थायी कमिटी बैठक रोकिएको छ । यसैबीच, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताए ।
आईतवार बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरु सँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताए । नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गरे ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया