२०८३ बैशाख १२ गते शनिवार

नेकपाको निर्देशन :सडक र सन्जालमा विवादास्पद टिप्पनी नगर्नु

दाङ, ४ साउन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) दाङले पाटी नेतृत्व तहमा देखीएको विवादलाई लिएर सडक र सामाजिक सन्जालमा विवादास्पद टिप्पनी नगर्न पाटीका सम्पुर्ण सदस्यहरुलाई निर्देशन दिएको छ । नेकपा दाङको शनिवार घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

हाम्रो पाटीको केन्द्रिय तहमा देखीएका कतिपय विवादले हाम्रो पाटी पंक्ति र जनसुमदायमा निराशा उत्पन्न गरेको छ,मुलुकै कम्युनिष्ट आन्दोलनमा नयाँ सन्देश दिन सफल भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध बनाउन,लेनिनबादी संगठन सिद्धान्तका आधारमा पाटी सन्चालन गर्न नेतृत्व तहलाई हार्दिक अनुरोध गरिएको छ, बैठक पछि जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७७ साउन ४ गते आइतवार
प्रतिक्रिया