काठमान्डौ, २ साउन
काठमाण्डौ फुट्छकी जुट्छ भन्ने संसयका माझ नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो ।
स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन ।
सचिवालय र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिन दबाब दिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउँदै आएका छन् ।
प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार


















