अबको प्रधानमन्त्री प्रचण्ड : बरिष्ठ नेता खनाल

तुलसीपुर, ३० असार

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले अबको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड बन्ने दाबी गरेका छन । आलोपालो सरकार चलाउने सहमति अनुसार प्रधानमन्त्री केपि शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर बाटो खुल्ला गर्नु पर्ने बताए ।

अन्तिम चरणमा आएर प्रधानमन्त्रीले दल विभाजन, संकटकाल घोषणा, प्रतिनिधि सभा विघटनको डर देखाएर कुर्सीमा बस्न खोजेपनि ति सबै बाटाहरु बन्द भइसकेकाले त्यस्तो सपना नदेख्न आग्रह गरे ।

‘हामी पद र कुर्सीका लागि लडेका होइनौ,’बरिष्ठ नेता खनालले भने – बिगतमा जनतालाई बाँडेको सपना पुरा गर्न छोडेर सरकार एकातिर बरालिन लागेकाले सही दिशामा ल्याउन यस्तो तयारी गरेका हौं । ’

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया