कसैलाई दलाल र कसैलाई महान् राष्ट्रवादी भन्न मिल्दैन : प्रचण्ड

काठमाडौ, २८ असार ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान् राष्ट्रवादी करार गर्न खोजिएको भन्दै आपत्ति जनाए । चितवनमा आईतवार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी भित्र कसैलाई दलाल र कसैलाई महान् राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह पनि गरे । पार्टीलाई एकतावद्ध राख्नु नै सबैको कर्तव्य भएको भन्दै उनले कोही राष्ट्रघाती दलाल, कोही महान् राष्ट्रवादी भन्ने नहुने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : २०७७ असार २८ गते आइतवार
प्रतिक्रिया