जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौ, २५ असार ।

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एक नेताले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार
प्रतिक्रिया