२०८३ बैशाख १२ गते शनिवार

नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित

काठमाडौ, २४ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पाटी(नेकपा)को आज (बुधवार) बस्ने भनिएको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । बैठक आउदो २६ गते शुक्रबारसम्मको लागि स्थगित भएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । गएको असार ११ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएपछि नेकपाभित्र विवाद बढेको छ ।

सोहि विवादको कारण स्थायी कमिटी बैठक पटकपटक प्रभावित भएको छ । यस अघि असार २२ गते बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो ।पछिल्ला केही दिनदेखि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पाटीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिको प्रयास भैरहेको छ ।दुई अध्यक्ष एक्लाएक्लै निरन्तर छलफल गर्न थाले पनि सहमती हुन सकेको छैन ।

प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार
प्रतिक्रिया