राष्ट्र विरोधी अभिव्यक्ति दिएकै कारण सांसद र पाटीबाट निष्काशन

काठमाडौ, २३ असार ।
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निष्काशन गरेको छ । पाटीले उनलाई कारवाही गरे सँगै उनको सांसद पद पनि गुमेको छ ।पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । उनी राष्ट्र विरोधी भएको भन्दै चौतर्फी विरोध हुदै आएको थियो । उनले संसदमै राष्ट्रको हितविपरित आफनो अभिव्यक्ति दिएकी थिईन् ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया