२०८३ बैशाख १२ गते शनिवार

किन बोलाए प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी मन्त्रीहरुलाई बालुवाटारमा बोलाएका छन् । पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला ओलिले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका हुन् ।

छलफलमा राज्यमन्त्रीहरुलाई समेत बोलाइएको छ । मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्रीहरु उपस्थित हुँदैनन् । मन्त्रीहरुलाई प्रधानमन्त्रीले एकाएक बोलाएपछि रानजनीतिक वृत्तमा अब के हुने भन्ने कुराको अड्कलबाजी काटन् थालिएको छ ।

प्रधानमन्त्री ओली केहीबेर अघि राष्ट्रपति निवास पुगेका छन् । बिहीबारमात्रै सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको चालु अधिवेशन अन्त्य गरेकी थिइन् ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार
प्रतिक्रिया