२०८३ बैशाख १२ गते शनिवार

नेकपाको अर्को वैठक असार १६ गते बस्ने

काठमाडौ, १३ असार ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको बैठक आगामी १६ गतेसम्मका लागि स्थगित भएको छ । शनिवारको बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिवारको बैठक भारत सँगको सीमा विवादको विषयमा केन्द्रीत भएको जानकारी दिए । अब अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको छ । आईतवार मदन स्मृति दिवस र पर्सि १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको हो ।
शनिवारको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेल सहित २१ जनाले धारणा राखेका थिए । बैठकमा बोल्ने स्थायी समिति सदस्यहरु वार्ताको माध्यमबाट भारतसँगको सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा एकमत रहेको नेताहरुले बताएका छन् ।

शनिवारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली केहीबेर सहभागी भएपनि स्वास्थ्यको कारण देखाउँदै बाहिरिएका थिए । शुक्रवारको बैठकमा प्रधानमन्त्री बैठकमा नबसेको भन्दै आलोचना भएको थियो । शनिवारको बैठकको अध्यक्षता पनि अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया