कोरोनाबाट मृत्यु भएमा कर्णाली सरकारले एक लाख दिने

तुलसीपुर, १ असार / कर्णाली प्रदेश सरकारले कोरोनाका कारणले कर्णालीका नागरिकको मृत्यु भएमा १ लाखको बीमा दिइने बताएको छन ।

कर्णाली प्रदेशसभा आर्थिक वर्ष २०७७/ ०७८ विनियोजन विधेयक, अर्थ विधेयक र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गर्दे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनामा कारणले कर्णालीका नागरिकको मृत्यु भएमा १ लाखको बीमा दिइने बताएका हुन् ।

जनताको नै सरकार भएकाले कोरोनाबाट गम्भीर बिरामीलाई पनि हवाई उद्दारको व्यवस्था गरिएको मन्त्री ज्वालाले बताए ।  कोरोना महामारीको संक्रमण फैलिन नदिन सरकारले हरप्रयास गरेको बताउदै मन्त्री ज्वालाले जनतालाई अनुभुति हुनेगरि सरकारले काम गर्ने बताए ।

 

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया