राप्रपाको केन्द्रीय समितिमा दाङबाट तीन जना

तुलसीपुर, २९ जेठ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा दाङबाट तीन जना परेका छन् । तत्कालिन दुई पार्टी मिलेर बनेको राप्रपाले गठन गरेको केन्द्रीय समितिमा दाङबाट तेजबहादुर बस्नेत, टोप बहादुर शाह र मिना स्वर्णकार परेका हुन् ।

विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको सो पार्टीले जनाएको छ । त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।

त्यसैगरी सो पार्टीले विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति गठन गरेको छ भने १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन् । यसअघि पार्टी एकता घोषणा गर्दा थापा, राणा र लोेहनी अध्यक्ष रहने सहमति भएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया