२०८३ बैशाख १२ गते शनिवार

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौ, २७ जेठ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्ताका कारण मंगलवार अपरान्ह चार बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको हो ।

अध्ययन कार्यदलको सिफारिस विपरित एमसीसीसँग जोडिएका कार्यक्रम र सहायता रकम नीति कार्यक्रम र बजेटमा परेपछि पार्टीभित्र व्यापक विवाद भएपछि मंगलवारलाई सचिवालय बैठक बोलाइएको थियो । एमसीसीलाई लिएर विवाद बढेपछि यसअघि जेठ १७ गते सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गरेपछि एमसीसीबारे ठोस निर्णय गर्ने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली भने संसद्को यहि अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने पक्षमा भएको, तर, सचिवालयका अन्य बहुमत सदस्य भने यथास्थितिमा सम्झौता अनुमोदन गर्न नहुने पक्षमा छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २७ गते मङ्गलवार
प्रतिक्रिया