नारायणपुर बिमानस्थलमा विनियोजित बजेट तुलसीपुर ल्याउनुपर्छ : अपार

तुलसीपुर , १८ जेठ ।

राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्मा अपारले नारायणपुर आन्तरिक विमानस्थलका लागी विनियोजित बजेट तुलसीपुरको टरिगाउँ एयरपोर्टका लागी ल्याउनुपर्ने बताएका छन् ।संघिय सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत बजेटमा नारायणपुर विमान स्थललाई आन्तरिक विमानस्थलका रुपमा विकास गर्ने गरी बजेट विनियोजन गरेको छ ।

नारायणपुरलाई अन्र्तराष्ट्रिय स्तरको विमानस्थल बनाउने भनेता पनि अहिले आन्तरिक विमानका रुपमा विकास गर्न लागीएको भन्दै त्यो अहिले जरुरी नभएको बताएका छन् ।

हाल आन्तरिक हवाई उडानका लागी टरिगाउँ एयरपोर्ट हुँदाहुदै अन्य स्थानमा बजेट विनियोजन गर्नु राम्रो पक्ष नभएको बताउदै राष्ट्रिय सभा सदस्य अपारले उक्त बजेटलाई तुलसीपुर ल्याउनका लागी पहल भईरहेको समेत बताएका छन् ।

 टरिगाउँ विमानस्थलको स्तर उन्नतीका लागि पहल गरेपनि अन्तिममा आएर धोका भएको उनले तुलसीपुरखबरलाई प्रतिकृया दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया