लकडाउन अझै लम्बिन सक्ने प्रधानमन्त्रीको संकेत

तुलसीपुर, १२ जेठ

प्रधानमन्त्री केपि शर्मा ओलीले लकडाउन अझै लम्बिन सक्ने संकेत गरेका छन् । कोराना संक्रमितको संख्या बढ्दै गएकाले लकडाउन बढ्न सक्ने बताए ।

शोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलले नेपाल भारत सिमा क्षेत्रमा स्वास्थ्य परीक्षण विना नै नागरिकहरु नेपाल भित्रीरहेकाले कोरोना संक्रमितको संख्या बढाउनमा योगदान पुगिरहेको बताए ।

लामो समयसम्मको लकडाउनका कारण लाखौ विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्दै त्यसका लागि छिटै विकल्प खोजीने बताए । त्यसैगरी रोजगकारीका लागि विदेशिएका नागरिकहरु पनि फर्किएकाले स्वरोजगारका उपायहरु पनि खोजिने बताएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार
प्रतिक्रिया