काठमान्डौ, ४ जेठ
कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारले अतिक्रमित भूमि कागजको नक्सामा फर्काउने बताएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै रिजालले जमिन साँच्चिकै फर्काउन नसक्ने तर कागजमा भने पक्का फर्काउने बताए । तीन घन्टा लगाएर ६३ पाना लामो यो नीति र कार्यक्रममा नेपालको छुटेको भूमिलाई समेटेर नया नक्सा बनाउने कुरा काम भन्दा पनि सस्तो लोकप्रियताका लागि ल्याएको टिप्पणी गरे ।
३ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम बाचन गरिएको भन्दै सरकारले संवेदनहीनतको पराकाष्टा गरेको उनको दावी छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार


















