तुलसीपुर,२ – जेठ
नेपाली काँग्रेसका त्यागी नेता तेजबहादुर बस्नेतको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट पिडित वस्नेतको उपचारको क्रममा काठमाडौमा आज बिहान निधन भएको नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खडकाले जानकारी दिए ।
२०२८ सालदेखि राजनीतिक यात्रा सुरु गरेका तुलसीपुर निबासी बस्नेत मृगौलाको नियमित डायलासिसका लागि काठमाडौमा बस्दै आएका थिए । उनको शुक्रवार विहान ७ वजे निधन भएको हो ।
बस्तेको आजै शितलपुरको घाटमा अन्त्यष्टि गर्ने तयारी रहेको पारिवारीक श्रोतलाई उदृत गर्दै सभापति खड्काले बताए । २०६२/६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर भूमिका निर्भाह गरेका बस्नेतले सांसद र मेयरमा पटक पटक इच्छा व्यक्त गरेपनि अवसर प्राप्त गर्न सकेनन् ।
अवसर नपाउँदा पनि अविचलित रुपमा पार्टीमा लागेका बस्नेतको पार्टी भित्र अहिले पनि असल र त्यागी नेताका रुपमा चर्चा हुने गरेको छ ।
वस्नेत बतर्मान काँग्रेसको महासमिती सदस्य र पूर्व क्षेत्रिय सभापति समेत भएका थिए ।


















