२०८३ बैशाख १२ गते शनिवार

भागबन्डा नपुग्दा नेपालले रडाको मच्चाए : मुख्यमन्त्री गुरुङ

काठमान्डौ, २८ बैशाख

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले भागबन्डा नपुगेकै कारण पार्टीका बरिष्ठ नेता माधव नेपाल लगाएतको टीमले देशमा अस्तिरता निम्ताउन खोजेको बताएका छन् ।

लिपुलेक, कोरोना, भाइरससंज जुध्ने र बजेट तथा नीति कार्यक्रमको तयारीमा जुट्ने बेला मन्त्री, मुख्यमन्त्री चाइयो भन्दै सर्त अगाडि राख्नु उचित तर्क नभएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका गुरुङले बेमौसमी बाजा बजाएर पार्टी भित्र रडाको र किचलो मच्चाएर रमिता हेर्ने जनताका असली नेता नभएको टिप्पणी गरे ।

२४ गेतेको सचिवालय बैठकबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा वली भागेको आरोप निराधार भएको भन्दै स्वास्थ्यमा असजिलो भएकाका कारण गएको बताए ।

प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार
प्रतिक्रिया