शिवु खनाल
दाङ, २३ बैशाख । पूर्व सभामुख कृष्णबहादुर महरा र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी विच दाङको लमहीमा भेटघाट भएको छ ।
राेल्पाबाट घाेराही जाने क्रममा मंगलवार लमहीमा उहाँहरू विच भेटघाट भएको हाे । भेटघाटमा पूर्व सभामुख महराले लमहीकाे क्वारेन्टाइन, लमही अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्रीकाे अवस्था बारे नगर प्रमुख कुलबहादुर केसीसंग जानकारी लिएका थिए ।
स्वास्थ्य सामाग्रीकाे अभाव भएमा तत्कालै सम्बाेधन गर्ने अनुराेध गर्दै पूर्व सभामुख महराले केही थान मास्क नगर प्रमुख केसीलाई हस्तान्तरण गरेका थिए । भेटघाटमा लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, वडासदस्य कृष्ण घिमिरे, नगर प्रमुखका स्वकिय सचिव नारायण भुषाल लगायतकाे उपस्थिति रहेको थियोे ।।
प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार


















