बैशाख २६ गतेबाट विद्यार्थी भर्ना सुरु हुन्छ : मन्त्री पोखरेल

काठमाडौँ, २१ बैशाख

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताएका छन् ।

‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रीपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’मन्त्री पोखरेलले भने, ‘बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको छ ।वैशाख २६ गतेबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ ।’

बन्दाबन्दीलाई खुकुलो बनाएर शैक्षिक भर्ना प्रकृया अघि बढाईने भएको हो । यता एन प्याव्सनले पनि सरकारले बैशाख २५ गतेसम्म घोषणा गरेकाले त्यसपछिको परिस्थीलाई आँकलन गरेर बसेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया