२०८३ बैशाख १२ गते शनिवार

प्रधानमन्त्रीकाे चर्चामा रहेका गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय

काठमान्डाै ,२० बैशाख

प्रधानमन्त्रीकाे चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेम गौतमलाई  प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

केही बेरअघि सकिएको सचिवालय बैठकपछि निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय भएको बताए ।

‘उपयुक्त समयमा उहाँलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसभित्रै प्रधानमन्त्री बनाउने विषय अन्तरनिहित छ ।’

त्यस्तै, बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णयसमेत गरेको उनले बताए । त्यसअघि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसैबिच प्रधानमन्त्री वलीले आत्मआलोचना पनि गरेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार
प्रतिक्रिया