काठमाडौं
आज शनिबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । गत बुधबार बसेको सचिवालय बैठकमा शनिबार बैठक बस्ने भनिए पनि समय तय भएको थिएन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकले हाल सिर्जित विवाद समाधान गर्ने अपेक्षा गरिएको छ ।
अहिले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमद दाहालले आज बिहान खुमलटार
निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख २० गते शनिवार


















