घोराही, १७ बैशाख
पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेको बताएका छन् ।
यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन महराद्धार जारी विज्ञप्तीमा भनिएको छ दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न म हार्दिक अपिल गर्दछु ।
प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार


















