२०८३ बैशाख १२ गते शनिवार

चौतर्फी दबाबपछि अध्यादेश फिर्ता ल्याउने तयारीमा प्रधानमन्त्री ओली

काठमान्डौ, ११ बैशाख

पार्टी भित्र कुनै छलफल नगरि अध्यादेश ल्याएपछि चौतर्फी घेराबन्दी र दबाबमा परेका प्रधानमन्त्री केपि शर्मा ओली त्यसलाई फिर्ता ल्याउने तयारीमा जुटेका छन् ।

पार्टी भित्रैको चर्को दबाब र मधेसवादी दल पनि फुट्नुको साटो जुटेर सरकार विरुद्ध खनिने तयारी गरिरहेका बेला प्रधानमन्त्री चौतर्फी दबाबपछि अध्यादेश फिर्ता ल्याउने तयारीमा प्रधानमन्त्री ओलीले यस्तो तयारी गरेका हुन ।

कतिपयले मधेस केन्द्रित पार्टी फुटाएर संसदमा सरकारको पक्षमा दुई तिहाई समर्थन बनाउने उद्देश्यले वलीले यसतो रणनीति खेलेको टिप्पणी गरेका गरिरहेका बेला अध्यादेश उनकै लागि प्रतयुपादक बनेको छ ।

रातारात दुई मधेसवादी पार्टीको एकता र पार्टी भित्र आफू विरुद्ध दबाब बढेपछि आत्तिएका ओली बिहीबार नयाँ अडानबाट पछि हटेका हुन् । पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगै नेताहरु माधव नेपाल, झलनाथ खनालसहितले अध्यादेश फिर्ता लिन दबाब दिएका थिए ।

बिहीबार बिहान प्रधानमन्त्री ओली र प्रचण्डबिच छलफल भएको थियो । बालुवाटारमा भएको छलफलमा प्रचण्डले शुक्रबार बिहान ९ बजे स्थायी कमिटि बैठक बोलाउनै पर्ने अडान लिएपछि ओलीले अध्यादेश फिर्ता लिने विल्कप रोजेका हुन् । त्यसपछि उनले अध्यादेश फिर्ता लिने निर्णय गरेका हुन् ।

 

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया