२०८३ बैशाख १२ गते शनिवार

नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगलाई जानकारी

काठमाडौँ, ११ बैशाख

राजपा र समाजवादी पार्टीका नेताहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।

१० बजे नै अयोगको कार्यालय पुगेका नेताहरुले नयाँ दल दर्तका लागि लिखित रुपमा निवदेन दिएको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता वीरेन्द्र कुमार ठाकुरले जानकारी दिए ।

निर्वाचन आयोगलाई जानकारी गराएपछि पत्रकारसंग बोल्दै नेता ठाकुरले आफुहरुले फुटुनुहुदैन जुट्नुपर्छ भन्ने सन्देश    दिएको बताए ।

पार्टी विभाजनका लागि प्रधानमन्त्री केपि शर्मा वलीले अध्यादेश ल्याएर संविधानको मर्मविपरित काम गरेको भन्दै नेता ठाकुले दुवैपार्टीलाई एकीकरण गरेर जनतालाइ एकताको सन्देश दिएको बताए ।

दल दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता पुगेका थिए । सबै कागजी प्रकृया पुगेमा नयाँ दल १५ दिनमा दर्ता हुन्छ ।

प्रकाशित मिति : २०७७ बैशाख ११ गते बिहिवार
प्रतिक्रिया