काठमाडौँ , ८ वैशाख
सोमबार जारी भएका दुई अध्यादेश तत्काल फिर्ता लिन नेपाली कांग्रेसले माग गरेको छ ।
सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक एवं संविधानको मर्म्विपरीतका विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।
सोमबार मन्त्रिपरिषद्ले पास गरेका संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।
कोरोना संक्रमणको बेला सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको भन्दै दुवै अध्यादेशप्रति कांग्रेसले गम्भीर असहमति जनाएको छ।
कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलेको भन्दै कांग्रेसले इतिहासकै सबैभन्दा दुखद् घटना भनेको छ।
प्रकाशित मिति : २०७७ बैशाख ८ गते सोमवार


















