२०८३ बैशाख १२ गते शनिवार

राहात वितरणमा अनियमितता भएको कांग्रेसकाे आरोप

काठमाण्डौ, ६ बैशाख

नेपाली कांग्रेसले राहत वितरणमा अनियमितता भएको निश्कर्ष निकालेको छ ।

शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले कोभिड १९ को महामारीलाई लक्षित गर्दै भइरहेक राहत वितरणमा अनियमिता भएको ठहर गर्दै सर्वदलीय संयन्त्र बनाएर अनुगमन गर्न आग्रह गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व रहेका पालिकाहरुमा राहत वितरणमा पक्षपात भएको कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बताए ।

विभिन्न पालिकाबाट राहत वितरण पक्षपातपूर्ण भएको गुनासो आएकाले सर्वदलीय संयन्त्र बनाएर अनुगमनको व्यवस्था गर्न उनले माग गरे ।

प्रकाशित मिति : २०७७ बैशाख ६ गते शनिवार
प्रतिक्रिया