शान्तीनगरमा हेल्थ डेस्क राखीने

निराश पाण्डे

तुलसीपुर, ५ चैत । कोरोना भाइरसको सतर्कता कालागी विहिवार देखि सुरु हुन लागेको यस वर्षको माध्यामिक शिक्षा परिक्षा (एसर्इर्इ) परिक्षा लाई मध्य नजर गर्दै शान्तिनगर गाउँ पालिकाले बिपि माबी बयाले र बिरेन्द्र माबी खिलतपुर केन्द्रमा हेल्थ डेस्क संचालन गर्ने भएको छ।

परिक्षामा सहभागी हुन आउने परिक्षार्थीहरुमा बिहिवार बाट कोरोना भाइरस चेक जाँचका लागि शान्तिनगरका दुई केन्द्रमा हेल्थ डेस्क राख्न लागिएको शान्तिनगरगाउँ पालिकाका अध्यक्ष कमान सिङ् डाँगीले जानकारी दिएका छन् ।

साथै गाउँपालिकाले बिहीवार देखि नै शान्तिनगरको वडा नम्बर तीन को पातेटाकुरामा तुलसिपुरबाट शान्तिनगर भित्रने सर्बसाधारण का लागि कोरोना भाइरस चेकजाँच गर्न हेल्थ डेस्क संचालन गर्न लागेको शान्तिनगर स्वास्थ्य संयोजक हरि पुनले जनाएका छ्न।

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया