काठमान्डौ, २१ माघ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरीको विशेष ब्यूरोको टोलीले आज कलंकीबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले चन्दा संकलन गर्ने रसिद, विभिन्न बैंकका चेक बुकसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परी थुनामा रहेका अन्य नेताहरूका घरपरिवारमा पनि चन्दा उठाएको रकम घर खर्च चलाउन पुर्याइदिने गरेका थिए ।
यसअघि पक्राउ परेर थुनामुक्त भएलगत्तै आइतबार उक्त पार्टीका नेता माइला लामासहित ३ जनालाई पुनस् पक्राउ गरिएको थियो ।
प्रकाशित मिति : २०७६ माघ २१ गते मङ्गलवार


















