२०८३ बैशाख १२ गते शनिवार

दाङमा विप्लव समूहका एरिया सदस्य बिक पक्राउ

तुलसीपुर, ९ माघ

जिल्ला प्रहरी कार्यालय दाङले विप्लव समूहका एक कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ   पर्नेमा   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ती मोर्चाका जिल्ला सचिव तथा पार्टी एरिया  सदस्य रेशम बिक रहेको प्रहरी नायव उपरीक्षक सूमित खड्काले जानकारी दिए ।

शान्तिनगर गाउपालिका वडा नं ३ भलानेटीबाट प्रहरीले विकलाई पक्राउ गरेको हो । पक्राउ परको बिकको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया